Dhiraj Gurung

about   contact   contribute   disclaimer   archive   activities   home   

Health Education & Prevention For Better Tomorrow

बेलैमा पत्ता लागे क्यान्सर 'नट बिग डिल' →

विख्यात हलिउड अभिनेत्री एन्जेलिना जोलीको ‘जिन’ जाँच रिपोर्टले यनलाई उनलाई भविष्यमा ‘स्तन क्यान्सरको ८७ र पाठेघरको ५० प्रतिशत सम्भावना’ देखायो। क्यान्सरकै निर्मम प्रहारले आमा गुमाएकी उनले आफ्ना केटाकेटीलाई सम्झिइन्।

कथं आफूलाई केही भइहाले त्यसको सबैभन्दा ठूलो पीडा छोराछोरीले भोग्नुपर्ने उनले ठानिन्। छोराछोरीले आमाको न्यानो काख गुमाउनले कल्पनाले उनी छटपटिइन्।

न्यूयोर्क टाइम्सका अनुसार उनले कठोर निर्णय लिइन्, ‘सम्भावित खतराबाट जोगिन म्यास्टेक्टोमी (दुवै स्तन काट्ने) गर्ने।’

यहि अप्रिलमा उनको अप्रेसन भयो। ‘सुपर सेलिव्रेटी’ एन्जेलिनाले अप्रेसन गोप्य राखिन्। डाक्टरहरुले तीन महिना लगाएर कृतिम स्तन बनाइदिए। उनले आफ्नो काम जारी राखिरहिन्।

मन बदलियो। उनी आफैले जुलाईमा न्युयोर्क टाइम्समा लेख लेखेरै स्तनको शल्यक्रियाबारे खुलासा गरिदिइन्। ग्ल्यामर दुनियाँको कुनै पर्वाह गरिनन्।

ढाकछोप भइसकेको अप्रेसनबारे किन उनी आफैले छताछुल्ल पारिन् त?

- See more at: http://setopati.com/samaj/3848/#sthash.Q9ddeyxJ.dpuf

— 10 months ago
#cancer  #health  #prevention  #nepali 
[NEWS] - South China Morning Post 
"China is now among the countries with the highest diabetes prevalence in Asia and has the largest absolute disease burden of diabetes in the world," say researchers.| http://ow.ly/ozBBR

[NEWS] - South China Morning Post 


"China is now among the countries with the highest diabetes prevalence in Asia and has the largest absolute disease burden of diabetes in the world," say researchers.| http://ow.ly/ozBBR

— 10 months ago
#diabetes  #health  #prevention  #china  #ncd  #cartoon 
समस्या स्कूले झोलाको

स्कूल जाने साना-साना नानीहरुले ठूला र भारी झोला बोक्ने अहिले संसारमा धेरै ठाँउहरुमा देखा परेको समस्या हो।

यसैगरी यहाँ हङकङमा पनि यस्तै भारी स्कूल ब्याग बोकी स्कूल धाउने विद्यार्थीहरु हामी देख्दै र आफ्नै घर-परिवारमा भोग्दै आएका छौं।

यो समस्याले बच्चाहरुको प्राय: काँध र ढाडमा असर पार्दछ र यस विषयलाई लिएर अभिभावकहरु बाहेक डाक्टरहरु र शिक्षाविदहरु पनि चिन्तित छन्।

समस्याहरु

गह्रुङ्गो भार लामो समय र लामो दूरीसम्म बोक्नु कसैको लागि पनि राम्रो होइन।

  • भारी झोलाले गर्दा स्कूले बच्चाहरुमा ढाड र काँधमा पीडा हुन्छ भन्ने कुरा सर्वेक्षण र अध्ययनले पनि पुष्टि गरेको छ।

 

  • सामान्यत: दिनमा ६-७ विषयको पढाई हुन्छ र त्यस विषयको किताब-कापी साथै लन्चबक्स र पानीको बोतल हुन्छ। कतिपयको त अन्य अतिरिक्त कार्य (extra curricular activities) को सामाग्रीहरु पनि हुन्छ। यस्तो भारी स्कूल ब्याग बोक्नाले बच्चाहरुलाई लामो समयसम्म ढाड र काँध दुख्ने समस्याले पिरोल्ने गर्दछ।

 

  • साथै यही भारी झोला बोक्नाले अगाडि झुक्न पार्छ र राम्ररी उभिने ढाँचा (posture) मिल्दैन, जसले गर्दा मेरुदण्ड (spine) मा पनि भार पर्छ र त्यसले असर पर्न जान्छ।

 

  • विद्यार्थीहरु जसले एक तर्फमात्र पारेर गह्रुङ्गो झोला बोक्छ, उनीहरुको मेरुदण्डका विकृतिहरु (deviation of spine) हुन सक्छ।

 

भार कम गर्ने केही उपायहरु

  • प्राय: बच्चाहरुले चाहिने-नचाहिने सामाग्री बोकिरहेको पनि हुन्छ, त्यसैले समय-समयमा बच्चाको स्कूल ब्याग सफा गर्न सम्झाउनुहोस्/ गरिदिनुहोस्।

 

  • त्यसैगरी बच्चाको स्कूलको समय तालिका हेरेर त्यही अनुसार विषय मिलाएर किताब बोक्न सम्झाउनुहोस्।

 

  • यदि आवश्यक नपर्ने किताब-कापीहरु स्कूलमा नै छोड्न मिल्ने व्यवस्था छ भने त्यसरी नै किताब-कापी बोक्ने सुविधा मिलाउनुहोस्।

 

  • झोलाको को बोक्ने पछाडिको भाग प्याडेड हुनुका साथै काँधको फित्ता (shoulder strap) पनि फराकिलो र प्याडेड (padded)  हुनुपर्छ। यसैगरी बच्चालाई दुवै काँधमा झोला बोक्न सम्झाउनुहोस्।

 

  • साना पाङ्ग्रा भएको झोला जसलाई सजिलैसँग डोर्‍याउन पनि मिल्दछ, त्यस्तो झोला पनि बच्चाहरुको लागि सजिलो साथै ढाड र काँधको लागि बोझ कम हुन्छ।

 

  • बच्चालाई स्कूल बस पर्खदा, लाइनमा उँभिदा जस्तो समयमा झोला निकालेर बिसाउने सल्लाह दिनुहोस्।

 

  • नियमित रुपमा बच्चाहरुलाई झोला कतिको आरामदायी, गह्रुङ्गो छ भनी बुझिराख्नुहोस्।
— 11 months ago
#health  #child health  #school 
पोषण तत्त्वको जानकारी (Nutritional Information)

स्वस्थ भोजनको लागि पोषण तत्त्वको जानकारी (nutritional information) हुन एकदम आवश्यक पर्दछ। यो जानकारीबाट हामीले -

  • विभिन्न खानेकुरा मध्ये कुनमा कति, धेरै-थोरै पोषण हुन्छ भनेर अरु खानेकुराको पोषणसँग दाँज्न सक्छौँ।
  • खानेकुरामा कुन पोषण कति छ भनेर बुझ्न साथै त्यही अनुसार आफ्नो खानामा पोषणको अनुमान लगाउन पनि सक्छौँ।
  • त्यसैगरी व्यक्तिगत रुपमा कति पोषणको आवश्यकता छ, त्यो पनि पूरा गर्न सहयोग हुन्छ।

पोषणको जानकारी अधिकांश प्याकेटमा नत्र बट्टा वा बोतलमा हुने खानेकुरामा कुन पोषण कति मात्रामा छ भनी छापिएको हुन्छ। जानकारी पोषण तत्त्वको सूचना (nutritional information), पोषण तत्त्वको तथ्य (nutritional facts) अथवा पोषण तत्त्वको (nutritional label) जस्ता शीर्षकमा एउटा सानो सूची मा टाँसिएको  हुन्छ ।

[पोषण तत्त्वको जानकारी कसरी बुझ्ने  त ?]
image

  • पोषण तत्त्वको मात्रा per 100 g/mL (प्रति १०० ग्राम / मिलिलिटर), per serving or per package भनी लेखिएको हुन्छ। प्रति १०० ग्राम / १०० मिलिलिटरमा कति पोषण  हुन्छ भन्ने यसले संकेत गराँउछ। Per 100 g  ठोस आहार (solid food) को लागि हो भने per 100 mL, तरल (liquid food) को लागि हो ।
  • पोषण तत्त्वको जानकारी सूचीमा  उर्जा (energy) साथै प्रोटिन (protein), चिल्लो (fats), कार्बोहाइड्रेट (carbohydrates), चिनी (sugar) र सोडियम (sodium) को मात्रा लेखिएको हुन्छ।

१. उर्जा (Energy)सर्वप्रथम उर्जाको कति मात्रा छ त्यो पढ्नुहोस्यो खाना खाएमा शरीरले कति उर्जा पाउँछ त भन्ने यसको मात्राले जनाँउछ। धेरै उर्जाले मोटाउन र मोटोपनमा सघाँउछ।मोटोपन मुटुको रोग, मधुमेह (diabetes), जस्ता रोगहरुको जड पनि हो।कति उर्जा छ भनी किलो-क्यालोरी  (kCal) वा जुल्स् (kJ) नत्र दुवैमा  व्यक्त गरिएको हुन्छ।

२ . चिल्लो र चिनी (Total fat, Saturated fat, Trans fat and Sugars) - मुटुको स्वास्थ्यको लागि र साथै शरिरिक वजन कायम राखिराख्नको लागि यी पोषणहरु कम मात्रामा  साथै यी पोषणयुक्त खाना कम सेवन गर्नुहोस्।

३.  सोडियम (Sodium) - यो पनि सक्दो कम नै भएमा स्वास्थ्यको लागि लाभदायक हुन्छ। दैनिक रुपमा २००० मिलिग्राम  (mg) भन्दा कम नै सेवन गर्नु राम्रो हुन्छ।

४ . प्रोटिन र कार्बोहाइड्रेट (Protein and Carbohydrates) सन्तुलित आहारको लागि उपयुक्त मात्रामा यी  पोषणहरु हामीलाई चाहिन्छ।

५. अन्य पोषणहरु (Other nutrients) – क्याल्सियम, मिनरल र भिटामिन साथै रेसायुक्त पोषणहरु हाम्रो शरीरलाई अधिक मात्रामा चाहिन्छ भने कोलेस्ट्रोल जस्ताहरु भने एकदमै न्यून रुपमा सेवन गर्नुपर्छ।

— 11 months ago with 2 notes
#health  #diet  #nutrition 
हृदयघात (Heart Attack)

 विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सन् २००८ मा विश्वभर १ करोड ७३ लाख मानिस मुटुसम्बन्धी रोग(cardiovascular diseases) को शिकार भएका थिए। 

image

पुरुष-महिला दुवैजनालाई बराबर रुपमा असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ।मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ।

हृदयघातबाट बच्नको लागि मैले के गर्न सक्छु त ?

  •  स्वस्थ भोजनप्रशस्त फलफूलहरियो सागसब्जी खानुहोस् साथै चिनीनून र चिल्लो एकदम कम गर्नुहोस्।
  •  नियमित शारिरिक कसरत / व्यायाम गर्नुहोस्दैनिक रुपमा ३० मिनेट (आधा घण्टामात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो। 
  • धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्सूर्ति /तम्बाकू कुनै पनि रुपसिगरेट (चुरोट), सिगार अथवा खैनी-सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो।
  • त्यसैगरी सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनुको सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।

 

नियमित जाँच गरी हृदयघातको जोखिम नियन्त्रण

  • रक्तचाप (Blood Pressure) थाहा पाइराखौँ: उच्च रक्तचाप (High Blood Pressureको कुनै पनि चिन्हहरु र लक्षणहरु हुँदैनत्यसैले रक्तचाप कति छ पत्ता लगाउनको लागि रक्तचाप नाप्नु पर्ने हुन्छ। नियमित रुपमा आफ्नो ब्लडप्रेसर नापी राख्नुस्! 
  • रगतमा ग्लुकोजको मात्रा बढ्नु हृदयघात हुने सक्ने सम्भावना बढ्नु हो ; त्यसैले यदि तपाईलाई मधुमेह (Diabetes) छ भने आफ्नो रगतको ग्लुकोजको मात्रा नियन्त्रण गर्नु एकदमै आवश्यकता पर्दछ। 
  • त्यसै गरी रगतमा हुने कोलेस्ट्रोल (Cholesterol) को मात्रा बढ्नु पनि मुटुको लागि घातक हुन्छ। स्वस्थ खानाशारीरिक व्यायाम र आवश्यक परेमा औषधीको सेवन गरेर पनि कोलेस्ट्रोलको नियन्त्रण गर्न सकिन्छ।
— 11 months ago with 1 note
#health  #cardiovascular  #heart attack 
कुरा केराको …

स्याउको दाँजोमा केरामा ४ गुना बढी प्रोटिन, २ गुना बढी कार्बोहाइड्रेट, ३ गुना बढी फोस्फोरस, ५  गुना बढी भिटामिन ए र आइरन, त्यसैगरी २ गुना बढी अन्य भिटामिन र अन्य  खनिजहरु (मिनरल) पाईन्छ। साथै केरामा पर्याप्त मात्रामा पोटासियम पनि हुन्छ।

photo 2_1200434_e.jpg

वास्तवमा केराको कुरा यतिमा मात्रै सीमित छैन।

१.  उर्जा

केरामा सुक्रोज, फ्रुक्टोज र ग्लुकोज जस्ता चिनी पाईन्छ, जसले शरीरलाई शीघ्र शक्ति दिन्छ । शक्ति साथ-साथै रोगहरुको लागि रोकथाममा पनि केराले मद्दत पुर्‍याउँछ।

२.  एनेमिया (रक्तअल्पता)

केरामा आइरनको उच्च मात्रा हुने हुनाले रगतमा हेमोग्लोबिन उत्पादन जगाँउछ, तसर्थ एनेमियाको स्थितिमा सहयोग गर्दछ।

३. डिप्रेसन

केरामा ट्रिप्टोफ्यान भन्ने एक किसिमको प्रोटिन हुन्छ, जसलाई शरीरले सेरोटोनिनमा परिणत गर्दछ। सेरोटोनिनले मुडमा सुधार ल्याउँछ, आरामको अनुभव जगाँउछ र प्राय: सुख अनुभव हुन्छ।

४. ब्लड प्रेसर (रक्तचाप)

उच्च पोटासियम भएता पनि सोडियमको मात्रा एकदमै कम  (पोटासियम- ४६७ mg,  सोडियम- १ mg ) भएकोले ब्लड प्रेसरको लागि केरा एक उचित फल हो।

लामखुट्टेको टोकाइ

केराको बोक्राको भित्री भाग लामखुट्टेले टोकेको ठाँउमा दलेमा चिलाएको र सुनिएको कम हुन्छ। 

६. कब्जियत (constipation)

उच्च फाइबर हुने केराले कब्जियतको समस्या पनि समाधान गर्छ।

७.  तनाव

पोटासियमले मुटुको धड्कन सामान्य गतिमा ल्याँउछ, मस्तिष्कमा अक्सिजन पुर्‍याउँछ र साथै शरीरमा पानीको मात्रा पनि बराबर गराउँछ। यो सबै पुन:बराबरमा  ल्याउनलाई केराले सहयोग गर्दछ।

८. ब्रेन पावर

रिसर्च अनुसार पोटासियमयुक्त फलफूल खानले विद्यार्थीहरुलाई चनाखो राख्छ पुष्टि भनेर  भएको छ।

९. धूम्रपानबाट छुटकारा

धूम्रपानको लत छुटाउने कोशिस गर्नेहरुलाई केराले पनि मद्दत गर्दछ। केरामा B6, B12 साथ साथै पोटासियम र म्यागनेसियम हुन्छ जसले शरीरलाई निकोटिन वापसी (nicotine withdrawal) को असरबाट बच्न सहयोग हुन्छ ।

*BONUS : जुत्ता पालिस

जुत्तामा छिट्टै चमक चाहियो? त्यसो हो भने, केराको बोक्राको भित्री भाग जुत्तामा दल्नुहोस् अनि सुख्खा कपडाले पुछ्नुहोस्।

अब ‘A banana a day keeps the doctor away!’ भने कसो होला त ?

— 11 months ago
#health  #diet  #fruit 
धूम्रपान र स्वास्थ्य

photo Quitting-Smoking.jpg                               

मानिसहरुले धूम्रपान झट्ट त्याग्न नसक्नुको कारण प्राय: जसो धूम्रपानको असर छिट्टै नदेखिने र त्यसैगरी धूम्रपान त्याग्न साथ छिट्टै लाभ पनि नदेख्ने हुनाले हो। जेहोस् अब भने धूम्रपान त्याग्न साथ शरीरमा तुरुन्त देखिने केही प्रभावहरुको बारेमा पनि जानी राखौं।

तपाईले धूम्रपान त्यागेको -

  • २० मिनेटमा तपाईको रक्तचाप (ब्लड प्रेसर) सामान्य स्तरमा झर्दछ।

  • ८ घण्टामा तपाईको रगतमा कार्बोन मोनोअक्साइड (धूम्रपानमा हुने विषाक्त ग्यास)आधै मात्रामा झर्दछ, अक्सिजन भने सामान्य स्तरमा पुग्दछ।

  • ४८ घण्टामा हृदयघात हुने जोखिम कम हुन्छ। निकोटिन शरीरबाट छुटिसकेको हुन्छ।

  • ७२ घण्टामा तपाईको ब्रोन्कियल नली (फोक्सोको नली)हरु आराम गर्दछन्, त्यसैगरी तपाईको उर्जा पनि बढ्दछ।

  • २ हप्तामा शरीरमा रक्तसंचार बढ्दछ र आगामी १० हप्तासम्म सुधार हुँदै जान्छ।

  • ३ देखि ९ महिनामा फोक्सोको क्षमतामा १०% जति सुधार आउनाले खोकी र श्वास-प्रश्वासको समस्याहरु कम हुँदै जान्छ।

  • ५ वर्षमा स्ट्रोक हुने डर झन्डै धूम्रपान नगर्नेको जतिकै कम हुन आउँछ।

  • १० वर्षमा फोक्सोको क्यान्सर हुने डर पनि धूम्रपान नगर्नेको जतिकै कम हुन आउँछ।

  • त्यसैगरी १५ वर्षमा हृदयघात हुने डर पनि धूम्रपान नगर्नेको जतिकै कम हुन आउँछ।

  • २० मिनेटमा तपाईको रक्तचाप (ब्लड प्रेसर) सामान्य स्तरमा झर्दछ। ८ घण्टामा तपाईको रगतमा कार्बोन मोनोअक्साइड (धूम्रपानमा हुने विषाक्त ग्यास)आधै मात्रामा झर्दछ, अक्सिजन भने सामान्य स्तरमा पुग्दछ।

  • ४८ घण्टामा हृदयघात हुने जोखिम कम हुन्छ। निकोटिन शरीरबाट छुटिसकेको हुन्छ।

  • ७२ घण्टामा तपाईको ब्रोन्कियल नली (फोक्सोको नली)हरु आराम गर्दछन्, त्यसैगरी तपाईको उर्जा पनि बढ्दछ।

  • २ हप्तामा शरीरमा रक्तसंचार बढ्दछ र आगामी १० हप्तासम्म सुधार हुँदै जान्छ।

  • ३ देखि ९ महिनामा फोक्सोको क्षमतामा १०% जति सुधार आउनाले खोकी र श्वास-प्रश्वासको समस्याहरु कम हुँदै जान्छ।

  • ५ वर्षमा स्ट्रोक हुने डर झन्डै धूम्रपान नगर्नेको जतिकै स्तरमा कम हुन आउँछ।

  • १० वर्षमा फोक्सोको क्यान्सर हुने डर पनि धूम्रपान नगर्नेको जतिकै स्तरमा कम हुन आउँछ।

  • त्यसैगरी तपाईले धूम्रपान त्यागेको १५ वर्षमा हृदयघात हुने डर पनि धूम्रपान नगर्नेको जतिकै स्तरमा  कम हुन आउँछ।

— 11 months ago
#health  #cigarette smoke 
डिप्रेसन

 photo yoga-for-depression.jpgअहिलेको समयमा डिप्रेसन एकदमै ठूलो समस्या हो। यसले गर्दा जीवनमा शारिरिकमानसिक र साथै जीवनशैली र सोच्ने सम्झने शक्तिमा पनि असर पार्दछ।

डिप्रेसन हुनाले जीवनमा नकारात्मक र निराशावादी सोच आउँदछ  जसले गर्दा जीवन निरर्थक भएको पीडितलाई महसुस हुन्छ। कतिपयले त यस्तो पीडाबाट मुक्ति पाउन आत्महत्याको बाटो पनि रोज्दछ।

डिप्रेसनका कारण अनेक हुन्छन् -

  • वंशाणुगत
  • दीर्घरोग वा स्वास्थ्य समस्या
  • आर्थिक तनाव
  • परिवारिक/सामाजिक सहयोगको कमी
  • बेरोजगारी
  • एक्लोपन
  • वैवाहिक वा प्रेम सम्बन्धमा समस्या
  • धूम्रपानरक्सी लागू पदार्थको कुलत
  • आदि….

 यस्तै थुप्रै तनावहरुलाई व्यवस्था गर्न नसक्दा डिप्रेसन हुन पुग्दछ।

लक्षण

लुकाउन मिल्ने र अन्य रोग जसरी प्रयोगशालामा टेस्ट गरेर पत्ता लगाउन गाह्रो पर्ने हुनाले डिप्रेसनको समस्याबाट को पीडित छ भनेर भन्न गाह्रो छ। डिप्रेसनले पीडित भएकाहरुको केही साधारण लक्षणहरु भने:

  • नकरात्मक सोचाइ मात्र राख्ने र नकरात्मक तरिकाले कुरा गर्ने
  • दैनिक काममा रुचि घट्ने
  • बिना कारण वजन घट्ने/बढ्ने
  • खानपिनर सुत्ने तरिकामा परिवर्तन
  • आत्मबलमा कमी
  • दु:खी र निराशा भइरहनु
  • काममा रुचि घट्नुसाथै थाकेको मात्र अनुभव
  • चुरोटरक्सी साथै लागूपदार्थको सेवन सुरु गर्नु

उपचार

 प्रायजसो औसतमा २० वर्ष भन्दा माथिकोहरु डिप्रेसनबाट पीडित हुन्छ भनेर भनिएको पाईन्छ तर डिप्रेसन जति उमेरको लाई पनि हुन सक्दछ। अन्य रोगहरु जस्तै यसलाई पनि समयमा नै डाक्टरको परामर्श र औषधीको नियमित सेवन गरी उपचार हुन्छ। तर औषधी मात्र डिप्रेसनको उपचार होइन।

उपचार साथ-साथैआफैमा सकरात्मक सोचको बिकास साथै परिवारसाथीहरु र समाजबाट पनि सकरात्मक समर्थनको आवश्यक पर्दछ। डिप्रेसनबाट छुटकारा पाउन जीवनशैलीमा परिवर्तन गरी व्यवस्थापन गर्नु एकदम जरुरी छ। त्यसैले:

  • सकरात्मक र आशावादी सोच राख्नु
  • नियमित शारिरिक व्यायामयोग गर्नु
  • आफूलाई केही काममा व्यस्त राख्नु
  • (सकरात्मक र सहयोगीसाथीहरुसँग समस्याको बारेमा छलफल गर्ने
  • स्वस्थ र सन्तुलित खाना खानु
  • चुरोटरक्सी जस्ता मादक पदार्थहरुबाट टाढा रहनुस्
  • परिवार मिल्ने साथीहरुसँग घुलमिल हुनुहोस्मनोरञ्जन गर्नुहोस्

याद राख्नुस्यस्तो डिप्रेसनमा तपाई मात्र हुनुहुन्न। यो निको हुनसक्छजसको लागि तपाई पहिले आफै सहयोगको लागि मद्दत माग्न नडराउनुहोस्। शारिरिक रुपमा स्वस्थ रहन यस किसिमको समस्याबाट छुटकारा भएर मानसिक रुपमा पनि स्वस्थ रहन आवश्यक पर्दछ। समयमै परामर्श र सल्लाह सुझाव साथै सोच्ने तरिकामा सकरात्मक विचार ल्याउनु नै डिप्रेसनको उपचारको लागि उचित हुन्छ।

— 11 months ago
#health  #mental health  #depression 
ग्रीन टी पिउनुको फाईदा

photo green-tea-benefits.jpg

 

ग्रीन टी पिउनु मानसिक स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

डिप्रेसन भएकाहरुको लागि पनि ग्रीन टी को प्रयोगले फाईदा गर्दछ ।

शरीरमा उच्च रहेको कोलेस्ट्रोल पनि कम गर्न यसले सहयोग गर्दछ ।

शरीरको बोसो चिल्लो काट्न पनि मद्दत गर्दछ ।

मुटुरोग र क्यान्सर जस्ता रोगहरु लाग्ने जोखिम पनि यस चियाले कम गर्दछ ।

हाडजोर्नीको दुखाइलाई पनि ग्रीन टी को सेवनले फाईदा गर्दछ ।

टाउको दुखाइ को जोखिम वा टाउको दुखेको बेला ग्रीन टी पिउँदा दुखाइ कम गर्दछ ।

यस चियामा एन्टिअक्सिडेन्ट (antioxidant)पनि प्रशस्त मात्रामा हुन्छ।

डाइबिटिजबाट बचाउ गर्न पनि ग्रीन टी को सेवनले सहयोग पुर्‍याउँदछ ।

१०शरीरलाई आवश्यक पर्ने भिटामिन एबीसीडि के आदि जस्ता महत्त्वपूर्ण पोषण तत्त्वहरु ग्रीन टीमा पाईन्छ ।

 

photo sudarshan.png

This post was contributed by Sudarshan Gurung.

Sudarshan Gurung is a front-end engineer, graphic/web designer, blogger & entrepreneur, who blogs at his site and loves drinking green tea :)

* के तपाई पनि स्वास्थ्य सम्बन्धी आफ्नो केही लेखहरु हामी मार्फत अन्य पाठकहरु माझ बाँड्न चाहनुहुन्छ?

त्यसो भए हामीलाई लेखी पठाउनुहोस्। जानकारीको लागि यहाँ click गर्नुहोस् ।

— 11 months ago
#health  #diet  #green tea 
 स्तनपान; नवजात शिशुलाई आवश्यक पर्ने पोषक तत्त्व पूरा गर्ने सरल, स्वस्थ र सस्तो माध्यम हो । 

 स्तनपान; नवजात शिशुलाई आवश्यक पर्ने पोषक तत्त्व पूरा गर्ने सरल, स्वस्थ र सस्तो माध्यम हो । 

— 11 months ago with 1 note
#health  #child health  #breastfeeding  #maternal health  #UNICEF